• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १९ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १९ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • २० घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २३ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १ दिन 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

कुन महिनामा जन्मिएको मान्छेको स्वभाव कस्तो? पढौँ..

admin २०७९, असार, १८

धर्मग्रन्थहरुले र ज्योतिष शास्त्रले विभिन्न महिनामा जन्मेका मानिसहरुको जन्म महिना अनुसार बेग्लै स्वभाव हुने गरेको जनाउँछ । कतिपय ज्योतिष शास्त्रका विषय हामीसँग मिल्न पनि जान्छ । जसकारण, अधिकांश मानिसहरु यसमा विश्वास गर्छन् ।

के तपाईंलाई पनि आफ्नो र आफूनिकट रहेकाहरुको स्वभाव र विशेषता बारे चासो छ?। आउनुस्, ज्योतिष शास्त्रानुसार कुन महिना जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ, जानौँः

वैशाखः वैशाख महिनामा जन्मिएका मानिसहरू कर्मशील र आकर्षक हुन्छन् । उनीहरुको दिल ठूलो हुन्छ र मृगका जस्ता नयन हुन्छ । ज्योतिष शास्त्रानुसार बैशाख महिनामा जन्मनेहरु सूर्य भगवानको कृपाले गर्दा सधै साहसी र भाग्यमानी हुन्छन् । सुनमा सुगन्ध भनेझै कला, साहित्यमा रुचि राख्ने उनीहरुलाई व्यापार व्यवसायबाट राम्रो लाभ हुन्छ । प्रेम गरेका व्यक्तिलाई सोचेभन्दा बढी माया गर्ने यिनीहरुको जीवन सुखमय बित्छ । लापरवाही गर्ने बानिको कारण उच्च सफलतामा समस्या पर्ने गर्छ । घमण्ड नियन्त्रण गरेर अगाडि बढ्नु राम्रो हुन्छ ।

जेठः ज्योतिष शास्त्रानुसार जेठ महिनामा जन्मनेहरु बुद्धिमान, मिजासिलो, दिर्घायु र धनवान हुन्छन । परिस्थितिलाई नियन्त्रण गर्न सक्ने यिनीहरु घरमा भन्दा प्रदेशमा खुशी हुन्छन । बौद्धिक क्षमता प्रयोग गरी सजिलै नाम र खुशी आर्जन गर्ने हुनाले उनीहरुको जीवन इच्छा अनुसार चल्छ । धर्मप्रतिको गहिरो आस्था र बिश्वास हुन्छ ।मिजासिलो स्वभावको कारण जता गए पनी साथी छिट्टै बनाउँछन । साथिको सहयोगले सफलता शिखर छुन सक्छन । शारीरिक रुपमा बलिया तर स्वास्थ्य स्थिति भित्री रुपमा कमजोर हुन्छ । खानपानमा ध्यान दिनपर्छ। प्रायः आफ्नै तालमा रमाउने उनीहरु अरुलाई हुकम लगाउने स्वभावका हुन्छन । वैवाहिक जीवन निकै रोमान्चित हिसाबले बिताउँछन । यद्यपि, म जस्तो कोहि छैन, मैले गरेको सबै ठिक अरु गलत भन्ने स्वभाव हुँदा कोही पनि उनीहरुसँग लामो समय टिक्न नसक्लान् । सफलता छिट्टै हात पार्ने उनीहरु असहायलाई सहयोग गर्ने स्वभावका हुन्छन ।

असारः उनीहरु सकारात्मक सोच भएका हुन्छन् । मेहनति र सुन्दर अनुहारका साथै धर्ममा बिश्वास राख्ने हुन्छन । ज्योतिष शास्त्रानुसार धन नास हुनाले यिनीहरु पीडित हुन्छन । नयाँ–नयाँ ठाउँ घुम्न रुचाउने यिनीहरु साहित्य, संगीतमा रुचि राख्छन । उनीहरु स्वतन्त्रता मन पराउने कारण दबाबमा काम गर्न रुचाउँदैनन् । वैवाहिक र प्रेम जीवन सुखमय बिताउन सक्ने उनीहरुको दिल सफा हुन्छ । धैर्यतालाई पालना गर्ने खालका हुन्छन । परिवारका सदस्यको विषेश ख्याल गर्ने उनीहरु आफ्नो पनि उत्तिकै ख्याल गर्ने हुन्छन । मीठो खाने, राम्रो लगाउने इच्छा राख्ने गर्छन ।

साउनः उनीहरु ठूलो शरीर भएका, शालिन स्वभावका हुन्छन । जीवनमा दुःख, कष्ट, सुख, सन्तोष बराबर हुन्छ । धन राशि हुँदा पीडित देखिए पनि परिस्थितिलाई सामना गर्न सक्छन् । गित, संगीत, कला, साहित्यको बिधामा नाम कायम गर्न सक्छ्न् । आफू इमान्दार भएका उनीहरु अरु पनि आफू जस्तै होउन् भन्ने चाहन्छन् । मायाप्रेमको बिषयमा खेलाडी जस्तो स्वरुप देखाउने हुँदा वैवाहिक जीवनमा खटपट भइरहन्छ । मपाँइत्व बढी भएका उनीहरुलाई अर्काले प्रशंसा गरिदिए मख्ख पर्छ्न । परिस्थिति सधै अनकुल नहुने हुँदा दुःखी हुन्छन । विलासी जीवन बिताउने शोख भएका उनीहरु अर्काको कुरा सुन्दैनन् । पैसाको लागि इष्ट मित्र, साथिभाई सबैलाई बिर्सन्छन् ।

भदौः उनीहरु दयालु, महत्वाकांक्षी र सरल स्वभावका हुन्छन । व्यवसायक चेत उच्च भएका हुनाले ठुलो लाभ लिन सक्छ्न् । विदेशमा व्यवसाय विस्तार गरे पनि साथीभाईको सहयोग, माया पाउँछन् । संघर्ष र मेहनतले गर्दा सुखमय जीवन बिताउन सफल हुन्छन् । उनीहरु हँसिला र कोमल मनका हुन्छन । त्यसैले दिन दःखीको सहयोगमा खटिन्छन । मीठो बोलिको प्रभावले सबैले यिनीहरुलाई प्रेम गर्छन । भदौ महिनामा जन्म लिनेहरुमा चाडै रिसाउने शंका गर्ने बानी हावी हुन्छ। आत्माविस्वास बलियो हुदैन । असल र खराब छुट्टाउन नसक्ने हुनाले धोका खान्छन् । भावुक हुने यिनीहरु चाडैं माया प्रेमको जालमा पर्छन् । इमानदारी र मिल्ने जीवन साथी प्राप्त गर्ने हुँदा जीवन बिताउन सजिलो हुन्छ ।

असोजः उनीह्रु कल्पनाशील जीवनमा कला, साहित्य, नृत्यमा रुचि राख्ने खालका हुन्छन् । कर्तव्यबोध गर्ने स्वभाव भएका यिनीहरु धनवान र सौभाग्यशाली हुन्छन् । आकर्षक सौन्दर्य भएका, मधुर मन भएका उनीहरु कम बोल्ने हुन्छन् । सफा मन भएका उनीहरुलाई परोपकारी कामले समुदायमा उच्च स्तरमा पु¥याउँछ । परिस्थिति अनुसार निर्णय लिने यिनीहरु रिसाउदैनन । शान्त आदत भएका यिनीहरु अर्काको मनको कुरा बुझ्छन । रमाइला भएका कारण जीवनसाथी, साथीभाई, घरपरिवारलाई खुसी राख्छ्न । माया प्रेमलाई इमान्दारिता पूर्वक कर्तव्य निभ्याउने हुँदा प्रेमीलाई खुसी राख्छ्न ।

कात्तिकः धनवान, परिश्रमी तर निर्णय क्षमता कम भएका हुन्छन । घमण्डले गर्दा समूदायमा मिल्न सक्दैनन् । अजिव स्वभावका यिनीहरु आकर्षक शरीर भएका हुन्छन् । अरुको कुरा सुनेर अगाडि बढ्ने हुँदा असफल हुन्छन । निरन्तर असफल हुँदा पनि आत्माविश्वास कमजोर हुँदै जान्छ तर पनि हार मान्दैनन् ।

मंसिरः सादाजीवन जिउने उनीहरु भलाद्मी, भाग्यशाली, घनिष्ट र परोपकारी हुन्छन । आकर्षक जिउडाल भएका हुन्छन् । जिद्दीपना भए पनि धन आर्जन भने सजिलै गर्छन । खर्चालु हुने हुँदा बचत गर्न सक्दैनन् त्यै पनि आर्जित सम्पत्ति प्रयोग गरि सुखद जीवन बिताउछन् । स्वतन्त्रता जीवन जिउन चाहाने यिनीहरु आफ्नै पारामा काम गर्न रुचाउँछन् ।ब्यबस्थापन मिलाउन सक्ने यिनीहरुलाई नेतृत्व गर्न कठिन पर्दैन । मायाको मामिलामा उतरचढाप झेल्नुपर्छ । एकपटक हृदयबाट प्रेम गर्न थालेपछि आफ्नो कर्तव्य नभुल्ने यिनीहरुले अथाह प्रेम गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि हाँसीहाँसी सामना गर्ने क्षमता यिनीहरुमा हुन्छ । नकारात्मक पक्ष भनेको जिद्दी स्वभाव, अहंकारीपन हो रिस नियन्त्रण गरेर अगाडि बढ्दा राम्रो हुन्छ ।

पुसः सफा मन भएका उनीहरु कर्ममा विश्वास गर्छन् । साहसी कार्य गर्ने, आँटिला, जोसिला र महत्वाकांक्षी हुन्छन । सुख भोग गर्न मन पराउँछन । समूदायमा प्रतावी कर्मले सम्मान मिल्छ । साँचो र स्पष्ट किसिमका हुन्छन् । सहासिक यात्रा गर्न, घुम्न मन पराउछन् । वैवाहिक जीवन सुखमय र अरुको भलाइमा पृथक हुन्छन् । मिडियाकर्मी, सुरक्षाकर्मी जस्ता पेसामा सफल हुन्छन् ।

माघः जिद्दीपना र रुखो बोली हुन्छ । बौद्धिक क्षमता भएका हुन्छन साहित्यमा रुचि राख्छन । झ्वाट्ट हेर्दा निर्दयी देखिए पनि अरुको कुभलो चिताउदैनन् । बढी बोल्ने हुँदा विवादित बन्छन् । रमाइलोको लागि खर्च गर्छन प्रेम अटुट गर्ने स्वभावका हुन्छन् । नेतृत्व गर्ने क्षमता रहन्छ । इच्छा शक्ति बलियो हुन्छ । व्यापारबाट लाभ लिन्छन् ।

फागुनः मिलेको गोरो अनुहार भएका हुन्छन । धर्म, कर्ममा अत्यन्तै रुचि राख्छन् । फागुन महिनामा जन्म लिनेहरु तृष्ण बुद्धि भएका हुन्छन । प्राय समय वैदेशिक यात्रामा बिताउछन् । क्षमता प्रयोग गरेर जिम्मेवारी निभ्याउछन् । प्रेममा बढी तृप्त, मोजमस्तीमा रमाउने खालका हुन्छन् । दिलदेखि माया गर्ने हुँदा प्रेम र वैवाहिक दुबै जीवन सुखमय बित्छ । कुलतबाट टाढा बस्नु राम्रो हुन्छ । दोधारेपनले गर्दा समस्या आउँछ । जीवनमा ठूलो आर्थिक संकट आउँदैन ।

चैत्रः ज्योतिष शास्त्रानुसार चैत्र महिनामा जन्मनेहरुको उच्च बौद्धिक क्षमता हुन्छ । रचनात्मक क्षेत्रमा बिशेष रुचि राख्छन । बिलक्षण प्रतिभाका यिनीहरु परिवारको बढी ध्यान राख्छन् । सुन्दर मुहार कृति भएका उनीहरु हँसिला हुन्छन । रिसाहा र अहंकारी स्वभावका हुन्छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.