कुन महिनामा जन्मेकाहरु धनी र भाग्यमानी..
तिथिको आधारमा मानिसको भविष्यको फल बनेको हुन्छ । जसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः
वैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्व सुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । असार महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी लाभमा सधैँ एकनास हुन्छन् । भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।
असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् । कार्तिक महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
मंसिर महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
पुस महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख सुविधा उत्पन्न गर्ने खालका हुन्छन् । माघ महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
फागुन महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । चैत महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।
सम्बन्धित समाचार
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
