कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
विराटनगर/सर्लाही। नेपाल डिस्टिलरीज प्रा.लि.(एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ ।
किसानहरूलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १० र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो । त्यसै गरी लालवन्दीमा भएको कार्यक्रममा लालवन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो ।
कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए । उपस्थित प्रमुख व्यक्तित्वहरुले एनडीपीएलले गरेको पहलहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए। कार्यक्रमलाई किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रिय रूपमा सहभागिता जनाएका थिए।
तालिममा सहभागी ८० जना कृषकहरूलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने अपेक्षा राखिएको छ । यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको थियो। यस पहलले एनडीपीएलको स्थानीय समुदायहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको छ।
यस्ता कार्यक्रम मार्फत् एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। थप उत्पादनशील र दिगो कृषि प्रणालीहरू निर्माण गरेर एनडीपीएलले हरेक किसानहरूको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायहरूमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको छ।
नेपाल डिस्टिलरीज प्रा.लि.
नेपाल डिस्टिलरीज प्रा.लि. नेपालमा मादक पेय पदार्थको एक अग्रणी उत्पादक हो जो आफ्नो प्रमुख ब्रान्ड खुकुरी रमका लागि प्रख्यात छ। कम्पनी आफ्नो दिगो विकास लक्ष्यहरूको एक अंशको रूपमा स्थानीय समुदायहरूको उत्थान र राष्ट्रको समग्र कल्याणमा योगदान गर्न सक्रिय रूपमा संलग्न रहन प्रतिबद्ध छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
