चैत २६ गते विहिवार , यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ / आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न सकिने योग छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। काम बिग्रने डरले सताइरहनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउने देखिन्छ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।
सम्बन्धित समाचार
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर

