झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
काठमाडौँ । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।
मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका( १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का प्र। ज। बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका ३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन् ।
त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका १ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु वि।क रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं( १६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका १ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन् ।
त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा रहेका छन्
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
