देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी
ढाका। हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन ।
करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ड्युटीमा देखिएका छन् ।यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।
निजी संस्थाका कर्मचारी अनिसुर रहमानले भने, ‘ट्राफिक प्रहरी काममा फर्किनु सहरवासीका लागि राहतको कुरा हो । विद्यार्थीहरूले पछिल्ला केही दिनहरूमा ट्राफिक नियन्त्रण गरेर राम्रो काम गरे तर यो लामो समयसम्म जारी राख्नु हुँदैनथ्यो, युवा विद्यार्थीहरूको लागि जोखिम थियो।
अन्सारका सदस्य र विद्यार्थीले पनि सडकमा अनुशासन कायम गर्न सहयोग गरेको देखियो ।विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।पछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो । आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताए ।
आइतबार दिउँसो ३ बजेदेखि देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
