देखिन थाले सडकमा डयुटी छाडेर हिडेका बंगलादेशका ट्राफिक प्रहरी
ढाका। हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन ।
करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ड्युटीमा देखिएका छन् ।यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।
निजी संस्थाका कर्मचारी अनिसुर रहमानले भने, ‘ट्राफिक प्रहरी काममा फर्किनु सहरवासीका लागि राहतको कुरा हो । विद्यार्थीहरूले पछिल्ला केही दिनहरूमा ट्राफिक नियन्त्रण गरेर राम्रो काम गरे तर यो लामो समयसम्म जारी राख्नु हुँदैनथ्यो, युवा विद्यार्थीहरूको लागि जोखिम थियो।
अन्सारका सदस्य र विद्यार्थीले पनि सडकमा अनुशासन कायम गर्न सहयोग गरेको देखियो ।विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।पछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो । आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताए ।
आइतबार दिउँसो ३ बजेदेखि देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
