नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे ‘जिहो जिन्दगी’ अफर
काठमाडौं । नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहाे ईभी स्कुटरमा अफर ल्याएको छ ।
सेन्टरले, नयाँ साल सबैलाई खास रहने भएकोले आफूले पनि यसपालि खास अफर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकहरुलाई मात्रै अफर लक्षित नभई जिहाे ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाई र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन् ।
हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई बैशाख ३१ सम्म रहने बताइएकाे छ ।
जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रुपमा रहेको जनाइएको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् ।
हाल उपत्यका भित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ ।
विशेष गरि जिहाे एई८ दुईपांग्रे ईभीमा चर्चित माेडल मानिन्छ । यसमा जडित १२ हजार ५ सय वाट क्षमताको लिक्विड कुल्ड मिड माउन्टेड मोटर तथा पाेर्टेबल लिथियम ब्लेड कम्प्याक्ट ब्याट्रीले लामो दूरीको यात्रालाई सहज बनाउनुको साथै चार्ज गर्न पनि चार्जिङ स्टेसनकाे आवश्यकता नरहने वातावरण दिएको पाइन्छ । ४.४ किलोवाट आवर क्षमताको यसमा रहेको ब्याट्रीलाई जम्मा ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ। युवा तथा परिवार भएका, सोख तथा आवश्यकताको निमित्त खरिद गर्न चाहने सबैकाे निमित्त यो स्कुटर अन्य स्कुटर भन्दा फरक अनुभव तथा सुन्तुष्टिको कारक बन्न सक्ने देखिन्छ ।
फराकिला सिट, सहजरूपमा चलाउन मिल्ने जिहाे राइड एप्स, इजी ह्यान्डलिङ, २९ लिटरको बुट स्पेस, आकर्षक हेड तथा टेल लाइट, ब्रेम्बाे ब्रेकिङ सिस्टम, एनएफसी गार्ड तथा मोबाइलबाटै सहजै सञ्चालन गर्न सकिने जिहाे एई८ वास्तवमै गुणस्तरीय दुईपांग्रे सवारी खोज्ने ग्राहकको निम्ति सही समाधान हुन सक्ने कम्पनीको दाबी छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



