निषेधाज्ञाको अवधिमा कर र जरिवाना नलिन सर्वोच्चको आदेश
जानकारी केन्द्र
२०७८, जेष्ठ, ५
काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीको अवधि र त्यसपछिको ३० दिन कर नलिन आदेश जारी गरेको छ । सर्वोच्चले जरिवाना समेत नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गदै न्यायाधीश मीरा खड्काको एकल इजलाशले आज दिएको आदेशमा करदाताले कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति नभएको उल्लेख छ । कर विवरण र कर दाखिला गर्नु कर्तव्य भएता पनि कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिका कारण परिस्थिति नदेखिएको आदेशमा भनिएको छ ।
सरकारले तीन हप्तायता निषेधाज्ञा जारी गरेपछि करदाताहरु समस्यामा परेका छन् । उनीहरुले कर दाखिला गर्न पाएका छैनन् । समयमा कर दाखिला नगर्दा जरिवाना लाग्नसक्नेमा चिन्तामा छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
