नेपाल टेलिकमको मोवाइल भ्वाइस ,डाटा प्याक कसरी लिने ?
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुका लागि भ्वाइस प्याक र डाटा प्याक गराउदै आइरहेको छ । नेपाल टेलिकमका ग्राहकहरुले *१४१५# मा डायल गरेर आफ्नो आवश्यकता अनुसार प्याक लिन सकिन्छ । तोकिएको नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ। एक घण्टा अनलिमिटेड प्याक लिनका लागि *१४१५* ८#डायल गरी आफुले प्रयोग चाहेको भ्वाइस ,डाटाका लागि क्रमश १,२ अंक डायल गर्न सकिन्छ।
डे टाइम भ्वाइस प्याक लिनका लागि *१४१५ *९# मा डायल गरेर लिन सकिन्छ । अनलिमिटेड नाइट प्याक लिनका लागि *१४१५ *३ #डायल गररी आफ्नो आवश्यकता अनुसार १,२ अकं डायल गरी नाइट टाइम भ्वाइस लिन सकिन्छ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याकका लागि १९ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ।
एक घण्टा अनलिमिटेड प्याक
२४ रुपैयाँमा यो प्याक लिएर एक्टिभ गरेर १ घण्टासम्म भ्वाइस र डाटा चलाउन सकिन्छ।
अनलिमिटेड नाइट भ्वाइस प्याक
अनलिमिटेड नाइट भ्वाइस प्याक लिन १५ रुपैयाँमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ।
अनलिमिटेड नाइट डाटा र भ्वाइस प्याक
अनलिमिटेड नाइट डाटा र भ्वाइस प्याकका लागि ५९ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म डाटा र कल गर्न सकिन्छ ।
बाँकी रहेको प्याक थाहा पाउनका लागि
मोबाइलमा लिएको भ्वाइस प्याक वा डाटा कुनैपनि प्याक कति बाँकी छ भनेर थाहा पाउनका लागि *१४१५* ५५#डायल गर्न सकिन्छ।
कम्पनीको एप ‘नेपाल टेलिकम’र कम्पनीको वेवसाइटबाट पनि भ्वाइस प्याक ,डाटा वा अनलिमिटेड डाटा सम्बन्धि जानकारी लिन सकिन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

