नेपाल टेलिकमको मोवाइल भ्वाइस ,डाटा प्याक कसरी लिने ?
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुका लागि भ्वाइस प्याक र डाटा प्याक गराउदै आइरहेको छ । नेपाल टेलिकमका ग्राहकहरुले *१४१५# मा डायल गरेर आफ्नो आवश्यकता अनुसार प्याक लिन सकिन्छ । तोकिएको नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ। एक घण्टा अनलिमिटेड प्याक लिनका लागि *१४१५* ८#डायल गरी आफुले प्रयोग चाहेको भ्वाइस ,डाटाका लागि क्रमश १,२ अंक डायल गर्न सकिन्छ।
डे टाइम भ्वाइस प्याक लिनका लागि *१४१५ *९# मा डायल गरेर लिन सकिन्छ । अनलिमिटेड नाइट प्याक लिनका लागि *१४१५ *३ #डायल गररी आफ्नो आवश्यकता अनुसार १,२ अकं डायल गरी नाइट टाइम भ्वाइस लिन सकिन्छ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याकका लागि १९ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ।
एक घण्टा अनलिमिटेड प्याक
२४ रुपैयाँमा यो प्याक लिएर एक्टिभ गरेर १ घण्टासम्म भ्वाइस र डाटा चलाउन सकिन्छ।
अनलिमिटेड नाइट भ्वाइस प्याक
अनलिमिटेड नाइट भ्वाइस प्याक लिन १५ रुपैयाँमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ।
अनलिमिटेड नाइट डाटा र भ्वाइस प्याक
अनलिमिटेड नाइट डाटा र भ्वाइस प्याकका लागि ५९ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म डाटा र कल गर्न सकिन्छ ।
बाँकी रहेको प्याक थाहा पाउनका लागि
मोबाइलमा लिएको भ्वाइस प्याक वा डाटा कुनैपनि प्याक कति बाँकी छ भनेर थाहा पाउनका लागि *१४१५* ५५#डायल गर्न सकिन्छ।
कम्पनीको एप ‘नेपाल टेलिकम’र कम्पनीको वेवसाइटबाट पनि भ्वाइस प्याक ,डाटा वा अनलिमिटेड डाटा सम्बन्धि जानकारी लिन सकिन्छ ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
