पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आज पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । उक्त कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
निस्काशित सेयरमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ । त्यस्तै, इलाम जिल्लाका बासिन्दालाई ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरिएको छ ।
खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाखा र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन पाउनेछन् । यसबाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आईपीओमा आवेदन दिन पाइनेछ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
