मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग
काठमाडौँ । अमेरिकी निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) विभागको जिम्मेवारी दिएपछि टेस्लाका प्रमुख एलन मस्क र व्यापारी विवेक रामास्वामीले आफ्नो काम शुरु गरेका छन् । मस्क र रामास्वामीले यस विभागमा काम गर्ने कर्मचारीको खोजी शुरु गरेका छन् ।
डोजका लागि सुपर उच्च आइक्यू भएका व्यक्तिहरू खोजिरहेको जानकारी दिदै आवेदन माग गरेका छन् । यस विभागमा हप्तामा ८० घण्टा भन्दा बढी काम गर्न सक्ने मानिसहरू खोजिरहेको सूचनामा भनिएको छ ।
सामाजिक सञ्जाल एक्समा प्रमाणित एकाउन्ट भएकाले मात्र आवेदन दिन सक्ने शर्त राखिएको छ । मस्क र रामास्वामीले सिभि पठाउने शीर्ष एक प्रतिशत उम्मेद्वारहरूको समीक्षा आफैले गर्ने बताइएको छ ।
यस कामका लागि पारिश्रमिक नदिइने मस्कले बताएका छन् । मस्कले भनेका छन्- ‘यो कामको लागि कुनै तलब हुनेछैन । यो एक बोरिंग काम हुनेछ, र तपाईं धेरै शत्रु बनाउनुहुनेछ । र तपाईले यसका लागि कुनै पैसा पनि पाउनुहुनेछैन । भुक्तान नगरिएका यी पदहरूले अमेरिकालाई ठूलो मद्दत गर्नेछ ।’
दोश्रो पटक चुनाव जितेपछि डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी तन्त्रलाई पुनर्संरचना गर्न र सरकारको खर्च घटाउन यो विभाग सुरु गरेका हुन् । ट्रम्पले यो बिभाग जुलाई ४, २०२७ सम्म सञ्चालन हुने बताएका छन् ।
डोज विभागले बाहिरबाट सरकारलाई सल्लाह दिनेछ । मस्कले यस विभागको जिम्मेवारी पाएपछि अमेरिकी सरकारले अहिले खर्च गरिरहेको २ ट्रिलियन डलर बचत गर्ने दाबी गरेका छन् । ट्रम्पले सेप्टेम्बरको शुरुमा डोजको गठन प्रस्ताव गरेका थिए ।
प्रणालीमा पारदर्शिता ल्याउन डोजको कामलाई अनलाइन पोस्ट गरिने मस्कले बताए । जनताको करको पैसा कुन-कुन योजनामा खर्च भइरहेको छ भन्ने कुराको जानकारी छुट्टै दिइने उनले बताएका छन् ।
वासिङ्टन पोस्टका अनुसार मस्कले रक्षा बजेट वा सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गरे मात्रै मस्कको दाबी पुरा हुने उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
