महानगरमा स्केट बोर्डिङ र बी बोइङ प्रवर्द्धन गर्न ‘यमबुद्ध पार्क’ बनिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा वडा नम्बर १६मा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने जनाएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै पार्क बनाउन १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । महनगरको पूर्वाधार विकास विभागका एक अधिकारीले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना बनाएको जानकारी दिए ।
उनले ‘बी बोइङ’ ब्रेकडान्सिङ नृत्यको एउटा ऊर्जावान शैली रहेको बताए । जुन हिपहप संगीतमा प्रदर्शन गरिन्छ, कलात्मक फुटवर्क र एक्रोबेटिक वा एथलेटिक शैलीको नाच हो । त्यस्तै, स्केटबोर्डिङ भने पांग्रा जोडिएको स्केटमा हिंड्ने फरक शैलीको खेल हो ।
यसैगरी, महानगरपालिकाले बजेटमा नै यो रकम पार्क निर्माण, बास्केटबल कोर्ट, स्केट बोर्डिङ, बी बोइङसहितको पार्क बनाउने उल्लेख छ । बजेटमा अन्य संरचना पनि बनाउने भनिए पनि केके हुने भन्ने थप खुलाइएको छैन । यसअघि यमबुद्धको सलिक बनाउने घोषणामा मेयर साह विवादित बनेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गर्नु परेको थियो ।
हाल प्रस्तावित युमबुद्ध पार्कमा अब यमबुद्धको सालिक रहने वा नहरने बारे बजेटमा उल्लेख गरिएको छैन ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
