माओवादी स्थायी समिति बैठक भोलि पनि बस्ने..
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पनि बस्नेगरी सकिएको जनाइएको छ ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।
‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि विहान ८ बजे बस्ने गरी बैठक सकियो’ पोखरेलले भने ।
स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा छलफल हुने बताइएको छ । यही बैठकबाट पदाधिकारी चयन र अपूर्ण स्थायी समितिलाई टुंग्याउने दबाब दिइने पोखरेलले बताए ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
