मात्र १९ हजार रुपैयाँमा क्यान्सरको उपचार, चीनले बनायो नयाँ थेरापी
बेइजिङ । क्यान्सर एक घातक रोग हो, जसको उपचार अझै महँगो र लामो प्रकिया पनि रहेको छ। तर, अब मात्रै १९ हजार रुपैयाँमा क्यान्सरजस्ता घातक रोगको उपचार गर्न सकिने भएको छ । चिनियाँ वैज्ञानिकले नयाँ प्रविधिको विकास गरेका छन्। जसलाई ‘अन्कोलाइटिक भाइरस थेरापी’ भनिन्छ। यो प्रविधिले खतरनाक क्यान्सर ट्यूमरलाई हटाउने क्षमता मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि सक्रिय गर्न सक्छ।
अन्कोलाइटिक भाइरस लुकेको हत्याराको रूपमा देख्न सकिन्छ। वैज्ञानिकहरूले यी भाइरसहरूलाई यसरी विकसित गरेका छन् कि तिनीहरू सिधै क्यान्सर कोशिकाहरूमा प्रवेश गर्छन्, त्यहाँ तिनीहरूको संख्या बढाउँछन् र अन्ततः क्यान्सर कोशिकाहरूलाई नष्ट गर्छन्।
यति मात्र होइन, यी भाइरसहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सरका बाँकी रहेका कोशिकाहरूलाई नष्ट गर्न मद्दत गर्ने प्रोटिनहरू पनि निकाल्न सक्षम देखिएका छन ।
यो प्रविधि नयाँ होइन। ओन्कोलाइटिक भाइरसहरूमा अनुसन्धान लगभग १०० वर्ष पहिले नै सुरु भएको हो तर हालैका वर्षहरूमा आनुवंशिक इन्जिनियरिङका कारण यसको क्षमताहरूमा उल्लेखनीय सुधार मात्र गरिएको हो । हालसम्म यो प्रविधि अमेरिका, जापानलगायत विश्वका केही देशले अपनाइ नै सकेको छ । तर, चीन यस दिशामा तीव्र गतिमा अघि बढिरहेको छ।
त्यहाँ करिब ६० क्लिनिकल ट्रायल भइरहेका छन्, जसबाट यो उपचार सर्वसाधारणका लागि सुलभ र सस्तो हुने अपेक्षा गरिएको छ। यस वर्षको जनवरीमा प्रकाशित एउटा अनुसन्धानले पाठेघरको मुखको क्यान्सरबाट पीडित ५८ वर्षीया महिलाको कथा खुलासा गरेको थियो र सबै परम्परागत उपचारहरू प्रभावहीन भएका थिए, त्यसपछि उनलाई ओन्कोलाइटिक भाइरस थेरापी दिइयो र नतिजा आयो कि उनको मेटास्टेटिक ट्युमर पूर्ण रूपमा गायब भयो। अचम्मको कुरा, यो थेरापी पछि महिला ३६ महिनासम्म जीवित रहेकी थिइन् ।
यो अनुसन्धान दक्षिण चीनको गुआङ्सी मेडिकल युनिभर्सिटीका प्रोफेसर झाओ योङक्सियाङको नेतृत्वमा गरिएको हो । वैज्ञानिकहरूले एउटा भाइरस प्रयोग गरे, जसले क्यान्सर कोशिकाहरूलाई सुँगुरको तन्तुसँग मिल्दोजुल्दो बनाए, जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले तिनीहरूलाई विदेशीको रूपमा चिन्न र नष्ट गर्यो। यो सानो परीक्षणमा यो पनि देखियो कि ९० प्रतिशत बिरामीहरूमा ट्युमरको आकार घट्यो वा स्थिर भयो, जसलाई कलेजो, पाठेघर र फोक्सोको क्यान्सर थियो।
मात्र रु १९ हजारमा उपचार
ओन्कोलाइटिक भाइरस थेरापीको सबैभन्दा ठूलो विशेषता यसको कम लागत हो। हालसम्म क्यान्सरको उपचारमा प्रयोग हुने सिआरटी थेरापीको चीनमा प्रति डोज १ लाख ४० हजार अमेरिकी डलर खर्च हुने गरेको छ ।
यसको तुलनामा, अनकोलाइटिक भाइरस थेरापीको इन्जेक्सन मात्र १४० अमेरिकी डलर अर्थात नेपाली १९ हजार रूपैयाँमा नै उपलब्ध हुन सक्छ, यो थेरापीको एक वर्षको लागि कुल लागत ४,२०० अमेरिकी डलरसम्म हुन सक्छ, जुन हालको क्यान्सर उपचारको तुलनामा निकै किफायती छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन


