मासिक १ अर्ब २७ करोड घाटा छ, पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन-आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अहिलेकै स्थितीमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिती रहेको निगमको भनाइ छ ।
यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
यस्तै, यही अगस्तमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
