मौसमः दिनभर कहाँ कस्तो रहन्छ, वर्षाको सम्भावना कता?
काठमाडौँ: देशभरका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यातय सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
