रोकिएन नेप्सेको ओरालो यात्रा, कुन कम्पनीका लगानीकर्ता आज अत्याधिक घाटामा?
काठमाडौं । आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचकको अनुसार आज २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा झरेको छ । नेप्से १.५० प्रतिशतले घटेको हो । साथै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेको छ ।
आज कूल २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।
बुधबार नेपाल टेलिकमले १२ करोड ५७ लाख १४ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड गरी २ लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसैगरी, आज बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै घाटामा परेका छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
