विद्यार्थी संगठनहरुको माग सम्वोधन गर्ने भन्दै पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य घटाइयो
जानकारी केन्द्र
२०७८, असार, ३१
नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेको विरोधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, तथा डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्य नियमित समायोजन गर्नुपरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १ रुपैयाँ मूल्य घटाएपछि ५ विद्यार्थी संगठनको आन्दोलन स्थगित हुने निगमले अपेक्षा व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
