विद्यार्थी संगठनहरुको माग सम्वोधन गर्ने भन्दै पेट्रोलियम पदार्थमा एक रुपैयाँ मूल्य घटाइयो
जानकारी केन्द्र
२०७८, असार, ३१
नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेको विरोधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, तथा डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्य नियमित समायोजन गर्नुपरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १ रुपैयाँ मूल्य घटाएपछि ५ विद्यार्थी संगठनको आन्दोलन स्थगित हुने निगमले अपेक्षा व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
