श्रीलङ्कामा इन्धन अभावको कारण विद्यालय बन्दको घोषणा
काठमाडौँ । श्रीलङ्कामा इन्धन अभावका कारण विद्यालय बन्दको घोषणा गरिएको छ ।
शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । जुलाई ४ देखि एक साता पहिलो चरणको बन्द घोषणा गरिएको छ । विद्यालय बन्द भएपछि इन्धनको खपत कम हुने विश्वासले उक्त निर्णय गरिएको सरकारी अधिकारीले जनाए ।
आइतबार देशका ऊर्जा मन्त्रीले एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै गइरहेको छ । यस्तोमा, सरकारले इन्धन आयात नगर्दा सार्वजनिक यातायात ठप्प जस्तै भइसकेको अवस्था छ ।
श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन् ।
निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेले करिब २० हजार बसमध्ये करिब एक हजार बस मात्र सञ्चालनमा रहेको बताए । विदेशी मुद्राको अभावले सबैभन्दा खराब आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई पनि धान्न नसकेपछि २ करोड २० लाख जनताले कठिनाइ भोग्दै आएका छन् ।
देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
