सीमामा प्रहरीको गोलीबाट मारिएका युवक बुवालाई औषधि लिन गएको दाबी
काठमाडौं, ५ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) को फायरिगंबाट मृत्यु भएका युवक बाबुका लागि औषधी खरिद गर्न गएको दाबी गरिएको छ । भारतको बहुआर बजारबाट आफ्नो बुवाको लागि औषधि खरिद गरेर आएका नवलपरासी जिल्लाका अविनाश राजभरको फांयरिंगबाट मृत्यु भएको विषय भारतीय मिडिया दैनिक जागरणले उल्लेख गरेको छ ।
दैनिक जागरणका अनुसार युवक नेपाली सीमामा एपीएफले फायरिंग गरेको गोली लागेर घाइते भएका थिए । स्थानियले युवकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको हो । घटनापछि उक्त क्षेत्रमा तनाव बढेको छ ।
दैनिक जागरणले बुधबार बिहान अविनाश राजभर बिरामी बाबुको लागि सिमानाको फुटपाथ हुँदै भारतको बहुवारस्थित एक निजि अस्पतालमा औषधि लिन पुगेको उल्लेख गरेको छ । औषधि लिएर घर फर्किरहेको बेला नो–मेस ल्यान्ड–१ मा ती एपीएफका जवानहरुले उनलाई रोक्न खोजेका थिए।
सशस्त्र प्रहरीको अनुसार सिमा सिल गरिएको हुनाले आवागमन प्रतिबन्धित भएको अविनाशलाई बताए पनि अटेर गरेर अगाडी बढे । अविनाश प्रहरीको कुरा बेवास्ता गर्दै आफ्नो घरतिर जान थालेको सशस्त्रले बताएको छ । जबरजस्ती गरेर अगाडी बढेपछि पहिलो ३ राउण्ड फायर गरेर चेतावनी दिएपनि अविनाश नरोकिएपछि आक्रोसित भएका सशस्त्र प्रहरी जवानहरुले उनलाई खुट्टामा गोली हानेको दैनिक जागरणले लेखेको छ । खुट्टामा गम्भीर चोट लागेपछि अविनाश भुईमा लडे र तड्पिन थाले । गोलीको आवाज सुनेर स्थानियहरु घटनास्थल पुगेर उपचारको लागि अस्पताल लैजादै गर्दा उनको निधन बाटैमा भएको हो ।
सम्बन्धित समाचार
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
