सीमामा प्रहरीको गोलीबाट मारिएका युवक बुवालाई औषधि लिन गएको दाबी
काठमाडौं, ५ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) को फायरिगंबाट मृत्यु भएका युवक बाबुका लागि औषधी खरिद गर्न गएको दाबी गरिएको छ । भारतको बहुआर बजारबाट आफ्नो बुवाको लागि औषधि खरिद गरेर आएका नवलपरासी जिल्लाका अविनाश राजभरको फांयरिंगबाट मृत्यु भएको विषय भारतीय मिडिया दैनिक जागरणले उल्लेख गरेको छ ।
दैनिक जागरणका अनुसार युवक नेपाली सीमामा एपीएफले फायरिंग गरेको गोली लागेर घाइते भएका थिए । स्थानियले युवकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको हो । घटनापछि उक्त क्षेत्रमा तनाव बढेको छ ।
दैनिक जागरणले बुधबार बिहान अविनाश राजभर बिरामी बाबुको लागि सिमानाको फुटपाथ हुँदै भारतको बहुवारस्थित एक निजि अस्पतालमा औषधि लिन पुगेको उल्लेख गरेको छ । औषधि लिएर घर फर्किरहेको बेला नो–मेस ल्यान्ड–१ मा ती एपीएफका जवानहरुले उनलाई रोक्न खोजेका थिए।
सशस्त्र प्रहरीको अनुसार सिमा सिल गरिएको हुनाले आवागमन प्रतिबन्धित भएको अविनाशलाई बताए पनि अटेर गरेर अगाडी बढे । अविनाश प्रहरीको कुरा बेवास्ता गर्दै आफ्नो घरतिर जान थालेको सशस्त्रले बताएको छ । जबरजस्ती गरेर अगाडी बढेपछि पहिलो ३ राउण्ड फायर गरेर चेतावनी दिएपनि अविनाश नरोकिएपछि आक्रोसित भएका सशस्त्र प्रहरी जवानहरुले उनलाई खुट्टामा गोली हानेको दैनिक जागरणले लेखेको छ । खुट्टामा गम्भीर चोट लागेपछि अविनाश भुईमा लडे र तड्पिन थाले । गोलीको आवाज सुनेर स्थानियहरु घटनास्थल पुगेर उपचारको लागि अस्पताल लैजादै गर्दा उनको निधन बाटैमा भएको हो ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
