सेयर बजारमा सामान्य गिरावट, कारोबारमा नेपाल टेलिकमकै अग्रता कायम
साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार पनि कारोबार रकमको आधारमा नेपाल टेलिकमले नै अग्रता कायम गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१२ प्रतिशतले घटेको हो ।
यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ ।आज कुल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज कुल १३ उपसमूहमा ३ समूहको सेयर मूल्य बढेको छ । बाँकी १० वटा समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यो समूहको सेयर मूल्य १.४१ प्रतिशतले घटेको हो ।
आज समृद्धि फाइनान्स र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । टेलिकमले २६ करोड ५७ लाख १३ हजार रुपैयाँको कारोबार गरेको छ । यस कम्पनीले हिजो पनि सर्वाधिक कारोबार गरेको छ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
