हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।ओलीले सम्बोधनका क्रममा हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताएका छन् ।
दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसद्द्वारा लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै प्रधानमन्त्री ओलीले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयमा आफ्नो धारणा राखेका थिए ।
उनले भने- ‘जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू व्यवस्थापन गर्ने स्रोत र प्रविधि नभएकाले अति कम विकसित देशहरू सबैभन्दा बढी पीडित छन् । हामीले आर्थिक विकासका लागि प्रारम्भिक कदमहरू चाल्न थालेका छौं, तर विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको समस्याले विपद्का घटनाहरू बढ्दै गएको छ । यो हाम्रो सिमानाबाट टाढा बाहिरी संसारबाट हामीकहाँ आएको हो । जीवाश्म इन्धन जलाउने सयौं वर्षको संचयी प्रभावले ठूलो मात्रामा यी विनाशकारी समस्याहरू सिर्जना गरेको छ ।’
कार्यक्रममा विद्यार्थीहरूले प्रधानमन्त्री ओलीसँग राखेका प्रश्नहरूमा उहाँले जवाफ दिँदै नेपालका युवाहरू सधैँ विदेश मात्रै जान्छन् र नेपालको अर्थतन्त्र विप्रेषणका आधारमा मात्रै चल्छ भन्ने तथ्य सही नभएको बताउँदै स्वदेश फर्कने युवाको सङ्ख्यालाई पनि हेर्न आग्रह गरेका थिए । उनले स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न ‘स्टार्ट अप’जस्ता कार्यक्रम अघि सारिएको पनि जानकारी दिए ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
