• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • ६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
  • ७ घण्टा 

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
  • २१ घण्टा 

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
  • २१ घण्टा 

अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया
  • २१ घण्टा 

२०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • २. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ३. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ४. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ५. ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

  • ६. कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ,भुटान र भारतमा पनि प्रयोग गर्न सकिने

  • ७. लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ८. नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम

  • ९. डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”

  • १०. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

२०८२ सालमा तपाईको वार्षिक भाग्य यस्तो रहेको छ, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, बैशाख, ३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिहरूको लागि यो साल सामान्य रहेको छ । वर्षभरि बृहस्पति वा केतुबाट राम्रो फल मिल्नेछ । लग्नबाट तेस्रो स्थानमा रहेको बृहस्पतिको प्रभावले पराक्रममा कमी ल्याउनेछ । शनिको आध्य साढे सातीले मन चिन्ताग्रस्त रहनेछ साथै प्रतिकूल प्रभाव पार्नेछ । शारीरिक पीडा वा व्यर्थको चिन्ता खप्नु पर्ला । पञ्चमेश केतुले सन्तानको शिक्षामा बाधा उत्पन्न गराउन सक्छ । गृहणीहरूको धर्म कर्ममा आस्था बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ । यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो रहनेछ । राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला । युवा वर्गलाई वैदेशिक यात्राको नवीन अवसर मिल्नेछ । कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ । तीर्थस्थलहरूको भ्रमण हुनेछ । पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ । अध्ययन अध्यापनको कार्यमा विशेष सफलताका योग छन् । बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्त भइनेछ । सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले दुर्व्यसनमा फसाउन सक्ला, सावधान रहनुहोला । कार्य क्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो वर्ष सामान्य फलदायी रहनेछ । गुरु र केतु शुभ रहनाले मान सम्मान बढ्नेछ । आकस्मिक धन लाभ हुनुका साथै सुख शान्तिमा वृद्धि हुनेछ । उच्च शिक्षाको लागि वैदेशिक यात्रा सफल रहनेछ । द्वादश स्थानको गुरुले धर्म कर्म प्रति नकारात्मक विचार उत्पन्न हुन सक्ला । आर्थिक उन्नति हुनेछ । जल सम्बन्धित व्यापारमा राम्रो स्थिति रहेको देखिन्छ । आत्मविश्वासमा वृद्धि र स्वास्थ्यमा राम्रो स्थिति रहेको देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिको लागि यो वर्ष मध्यम फलदायी रहनेछ । शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा आरोप लाग्न सक्ला । एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ । घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ । अधिकारी वर्गहरुबाट मान सम्मान पाइएला । ठेकापट्टाको कार्यबाट पनि लाभ आर्जन गर्न सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ । बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन् । गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ । जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ । राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो वर्ष शुभ फलदायी रहनेछ । बृहस्पति वा शनिको अनुकूल प्रभावले अधुरा कार्य पूरा हुनेछन् । आर्थिक दृष्टिले यो वर्ष लाभपूर्ण रहनेछ । एकादश स्थानको केतुले आकस्मिक धन लाभ दिनेछ । गुरुको अनुकूलताको प्रभावले सबै कार्य पूरा हुनेछन् । सन्तान लाभको शुभ योग बनिरहेको छ । भूमि र भवन पनि जोड्न सक्नुहुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिएको छ । बृहस्पति, शनि र राहुको प्रतिकूलताले कार्य क्षेत्रमा समस्या, राज्यबाट समस्या र भोगविलासिता र बाहन सुखमा कमी हुनेछ । बोलीमा कठोरता र सन्तानमा समस्या देखिन सक्छ। अज्ञात भय र मनमा चिन्ताको योग रहेको छ । नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी जनहरूको सल्लाह अवश्य लिनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ । शनिको अढैयाको कारण विघ्न बाधाहरु आउनेछ । गुरुको सप्तम स्थानमा गोचर शुभ फलदायी रहनेछ । घर परिवारमा विवाह आदिको मांगलिक कार्य सम्पन्न हुनेछ । नजिकका व्यक्तिहरूबाट साथ मिल्नेछ । कार्य क्षेत्रमा प्रशंसाको पात्र बन्नुहुनेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने विचार गरेर आफ्नो अभिव्यक्ति राख्नुपर्ने हुन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ । शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ । यो वर्ष बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ । संयमित भएर कार्य गर्दा मान सम्मान बढ्नेछ । शनिको अनुकूल प्रभाव सरकारी कार्य क्षेत्रमा पदोन्नतिका योग लिएर आउला । धन स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिहरूको लागि यो वर्ष सामान्य रहनेछ । पञ्चमेश बृहस्पति शुभ फलदायी रहनेछन् । नोकरी पेसामा उन्नति हुनेछ । गुरुको अनुकूल प्रभावले धर्म कर्ममा धेरै समय व्यतीत हुनेछ । मठ मन्दिर वा धार्मिक यात्राका योग छन् । शनि राहु केतुको प्रतिकूल प्रभावले मनमा शंकास्पद स्थिति उत्पन्न हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ । द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस् । शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला । घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ । लग्नमा स्थित शनिले समाजमा अपयस दिलाउन सक्ला । नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस् ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
२०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
हनुमान जन्मजयन्ती मनाइँदै

ताजा

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.