सरकारको घोषणा : मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र सम्पन्न गरिने
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकमार्ग निर्माणलाई तीव्रता दिइने जानकारी दिएका हुन् ।
उनका अनुसार, परियोजनाअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति तथा पाँच वटा पुल निर्माण सम्पन्न गरिनेछ । उक्त कार्यका लागि सरकारले २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले मध्यपहाडी क्षेत्रको यातायात पहुँच विस्तार, आर्थिक गतिविधि प्रवर्द्धन तथा क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै लोकमार्ग निर्माणलाई अघि बढाएको जनाएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?