२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७७३ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ६ लाख ४४ हजार ५०२ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११८ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने २३७ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२० जना, एकतर्फी सडकमा सवारी चलाउने ९१ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ८०० जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
