• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ जेठ २०८३, शुक्रबार
१५ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • ६ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • ७ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • ७ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • ८ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • ९ घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • ११ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • १२ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

  • २. साओमी १७ टी मोबाइल सार्वजनिक हुँदै : प्रि-अर्डरमा इयरबड्स र साओमी ट्याग फ्री

  • ३. स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

  • ४. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • ५. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ६. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ७. विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

  • ८. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

जानकारी केन्द्र २०८३, जेष्ठ, १६

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ। भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो ।

यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । यसअघि प्रिमियम इलेक्ट्रिक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रिक मोटरसाइकल पनि बिक्री गर्ने भएको बताइएको छ ।

अल्ट्राभोइलेटको डिलरशिप पाएसँगै वैद्यज अर्गनाइजेसनको आक्रामक बजार विस्तारको योजना अघि बढाएको जनाइएको छ । कम्पनीले देशभरका ग्राहकहरूलाई विश्वस्तरीय स्वामित्वको अनुभूति दिलाउन प्रिमियम शोरुम अनुभव, अत्याधुनिक सर्भिस पूर्वाधार निर्माण र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्क उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्ने भएको बताएको छ ।

अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यमले वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।

‘नेपालमा अल्ट्राभोइलेटको अनुभवलाई अझ सुदृढ र विस्तार गर्न वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । यो सहकार्य हाम्रो विश्वव्यापी यात्रामा एउटा महत्त्वपूर्ण अध्याय हो, किनकि हामी हाम्रा फ्ल्यागसिप उत्पादनहरू एफ ७७ सिरिजका साथ अन्तर्राष्ट्रिय स्तरमा तीव्र रूपमा विस्तार भइरहेका छौं । यी मोटरसाइकलहरू भारतमा डिजाइन र निर्माण गरिएका हुन् । जसले डिजाइन, प्रविधि र प्रफर्मेन्सप्रतिको हाम्रो प्रतिबद्धता र अर्को पुस्ताको गतिशीलताको उत्कृष्ट नमुना झल्काउँछन्,’ उनले भने ।

उनले वैद्यज अर्गनाइजेसन प्रिमियम मोटरसाइकल ब्राण्डहरू स्थापित गर्ने र बढाउन आफ्नो विशेषज्ञता प्रमाणित गरिसकेको बताए । ‘वैद्यज अर्गानाइजेसनसँग मिलेर ग्राहकलाई उत्पादनको पोर्टफोलियो, अत्याधुनिक प्रविधि र विश्वस्तरीय बिक्रीपछिको सेवासम्मको पूर्ण इकोसिस्टम प्रदान गर्नेछौ’ सुब्रमण्यमले भने ।

वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले कम्पनीको पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्ने बताए ।

‘नेपाली अटोमोबाइल बजार द्रुत गतिमा विकसित भइरहेको छ। आजका ग्राहकहरू केवल यात्राका लागि सवारी साधन मात्र खोजिरहेका छैनन्, उनीहरू प्रविधि, उत्कृष्ट प्रफर्मेन्स, प्रिमियम डिजाइन र विश्वस्तरीय स्वामित्वको अनुभव पनि चाहन्छन्। हाम्रो पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

कम्पनीका अनसुार, अल्ट्राभोइलेट इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड मात्र नभई यो एरोस्पेस ग्रेड टेक्नोलोजी, फ्युचरिस्टिक डिजाइन, उन्नत ब्याट्री प्रणाली र स्मार्ट कनेक्टिभिटी सुविधाहरू सहित इन्जिनियर गरिएको अर्को पुस्ताको प्रिफर्मेन्स मोबिलिटी प्लेटफर्म हो । यो युरोपसँगै विश्वभर पर्फमेन्स, इनोभेसन र प्रविधिमा आधारित राइडिङ अनुभवको उत्कृष्ट मिश्रण प्रदान गर्ने ब्राण्डको रूपमा परिचित रहेको बताइएको छ।

एक्स ४७ क्रसओभर ल्याउँदै
कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो । एक्स ४७ क्रसओभरको प्री बुकिङ छिट्टै सुरू गर्ने कम्पनीले जनाएको छ ।

एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल समेत हो । एक्स ४७ दैनिक राइडरहरू, रोमान्चक यात्रा मन पराउनेहरू र उत्साहीहरूका लागि इन्जिनियरिङ र निर्माण गरिएको छ ।

त्यस्तै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ ७७ को ओरिजिनल र एफ ७७ रिकन मोडलको बुकिङ खुलाएको छ । कम्पनीले एफ ७७ को ओरिजिनल मोडलको सुरूवाती मूल्य ८ लाख ११ हजार र एफ ७७ को रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो ।

एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३२३ किमी आइडीसी रेन्ज दिनेछ । यसमा ३० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १०० न्युटन मिटर टर्क प्रदान गर्छ।

यो बाइकले मात्र २.८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ । यसको टप स्पीड १५५ किमी प्रतिघण्टा छ । यसमा रहेको ३९ लेभल ट्रयाक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक परिस्थितिहरूमा उत्कृष्ट पकड र स्थिरता सुनिश्चित गर्दछ । यसमा १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली छ । जसले थप सुविधा प्रदान गर्दै प्रभावकारी रूपमा यसको रेन्ज बढाउँछ ।

यसमा डाइनामिक स्टेबिलिटी कन्ट्रोल छ । जसले माइल्ड, एक्टिभ वा प्यानिक ब्रेकिङका बेला पूर्ण नियन्त्रण र स्थिरता सुनिश्चित गर्न एबीएससँग रिजेनेरेटिभ ब्रेकिङ लेभललाई सहज रूपमा मिलाउँछ । जसले राइडिङलाई सुरक्षित बनाउँछ। यसको हिल होल्ड फिचरले उकालो सडकहरूमा बारम्बार ब्रेक नदबाए पनि मोटरसाइकललाई स्थिर राख्न मद्दत गर्ने बताइएको छ ।

  • इभि
  • इलेक्ट्रिक
  • एक्स ४७ क्रसओभर
  • एक्स ४७ क्रसओभर मोटरसाइकल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.