लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कालापानी–लिपुलेक सीमा समस्या समाधानका लागि भारत र चीनका अतिरिक्त बेलायतसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् । संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहले सुगौली सन्धिको समय र ब्रिटिसकालीन शासनका बेला नेपाल–भारत सीमाको अवस्था के कस्तो थियो भन्ने ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतसँग संवाद अगाडि बढाइएको स्पष्ट पारे ।
‘लिपुलेकका विषयमा भारतसँग सरकारले स्पष्ट अडान राखिसकेको छ र उताबाट जवाफ पनि आएको छ,’ संसद्मा जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर द्विपक्षीय वार्ता गर्ने तयारी छ । यसका लागि हामीले इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ ।’
नेपालको भूमि फिर्ता ल्याउने र सीमा विवादलाई कूटनीतिक माध्यमबाट सधैँका लागि टुङ्ग्याउने सन्दर्भमा सरकारले ऐतिहासिक दस्तावेजहरूको खोजी गरिरहेको र यसमा बेलायत सरकारको सहयोग महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
