पल्सर आरपीएम सम्पन्न : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
काठमाडौं । पल्सर आरपीएमले शनिबार टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्याएको थियो ।

पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।

एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
