विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।
विपक्षी दलका सांसदहरूले जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा विरोध गरेका छन्। उनीहरूको भनाइमा उक्त अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयसँग सम्बन्ध राख्ने भएकाले प्रधानमन्त्रीले संसद्मा स्पष्टिकरण दिनुका साथै माफी माग्नुपर्छ।
विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद्मा विरोध जारी राख्ने चेतावनी दिएका छन्। यसबीच सत्ता पक्ष र विपक्षी दलबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ।
संसद् अवरुद्ध भएपछि बैठकको नियमित कार्यसूची प्रभावित भएको छ।

सम्बन्धित समाचार
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

