एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड
काठमाडौं । अत्याधुनिक प्रविधिद्वारा संचालित एक्सपेङले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ । एक्सपेङले ७ प्रमुख देशहरूमा उदाउँदो चिनियाँ इभि ब्रान्ड अन्तर्गत बिक्रीमा नम्बर १ पद हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको बताइएको छ ।
कम्पनीका अनुसार यस सफलताको अग्रभागमा रहेको एक्सपेङ जी६ ले स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ । एक्सपेङको प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको बताइएको छ ।
एक्सपेङ नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा एक्सपेङ जी६ सार्वजनिक गरेको थियो। सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट इभि प्रति बढ्दो रुचि देखाएको थियो। नेपालमा इभिको माग बढ्दै जाँदा, एक्सपेङ नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
