विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा शुक्रबार नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न गरेको छ ।
अक्वेल, दिपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्यचर मोटर्स, नामी, टियागो.ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको समर्थनमा बिभिन्न ब्रान्डहरुका विद्युतीय सवारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको थियो। नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो।

उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए ।
सो प्रमाणपत्र वितरण कार्यक्रमको सचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई नाडाले आभार व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
