Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, २३
काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलमा मागेर बस्ने तथा माग्ने कार्यलाई पेशा बनाएका व्यक्तिलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। महानगरले वेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा सडक आश्रित व्यक्तिहरूको भने मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार, हेरचाह, उपचार र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित तथा सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको महानगरले जनाएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समन्वय बैठकले सडक सेवाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पेशेवर रूपमा माग्ने कार्य नियन्त्रण गर्न सम्बन्धित निकायबीच सहकार्य बढाउने निर्णय गरेको छ।

महानगरले मठ, मन्दिर, चैत्य, गुम्बालगायत धार्मिक तथा सम्पदा क्षेत्रका व्यवस्थापन समितिसँग समेत छलफल गरी पेशेवर माग्नेलाई निषेध गर्ने अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स