काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलमा मागेर बस्ने तथा माग्ने कार्यलाई पेशा बनाएका व्यक्तिलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। महानगरले वेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा सडक आश्रित व्यक्तिहरूको भने मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार, हेरचाह, उपचार र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित तथा सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको महानगरले जनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समन्वय बैठकले सडक सेवाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा पेशेवर रूपमा माग्ने कार्य नियन्त्रण गर्न सम्बन्धित निकायबीच सहकार्य बढाउने निर्णय गरेको छ।
महानगरले मठ, मन्दिर, चैत्य, गुम्बालगायत धार्मिक तथा सम्पदा क्षेत्रका व्यवस्थापन समितिसँग समेत छलफल गरी पेशेवर माग्नेलाई निषेध गर्ने अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
