२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २५६ जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ४ लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १५१ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी चलाउने २३० जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११७ जना र एकतर्फी सडकमा सवारी चलाउने ११८ जना पनि कारबाहीमा परेका छन्।
कार्यालयका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १६१ जनामाथि समेत कारबाही गरिएको छ। ट्राफिक प्रहरीको नियमित अनुगमन तथा चेकजाँचका क्रममा यी कारबाही गरिएको जनाइएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नियमहरूको पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
