नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो । अध्यक्ष डा. भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।
शुभकामना आदान प्रदान सँगै दुवै पक्षबीच नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमा विस्तृत छलफल भएको थियो । विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन तथा प्राइभेट इक्विटी सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षबीच जोड दिइएको थियो । भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
नेपाल मर्चेन्ट बैंकर्स संघले र सेबोन दुवैले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
