नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सरल, छिटो र सुरक्षित बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ। नयाँ सम्झौतापछि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङका विभिन्न फाराम सहज रूपमा भर्न सक्नेछन्।
यस व्यवस्थाले ग्राहकले व्यक्तिगत विवरण बारम्बार हातैले प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, कागजी प्रक्रिया कम हुने तथा बैंकिङ सेवा थप छिटो र प्रभावकारी बन्ने बैंकले जनाएको छ। डिजिटल माध्यमबाट विवरण प्रमाणीकरण हुने भएकाले सेवा प्रवाहमा पनि सहजता आउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार ग्राहकको गोपनीयता र सूचना सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट रूपमा अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न पाउने छैन। प्राप्त जानकारी पनि आवश्यक सेवा प्रदान गर्ने उद्देश्यका लागि मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ।
एनएमबि बैंकले यो सहकार्यलाई नेपालको डिजिटल सार्वजनिक पूर्वाधारसँग बैंकिङ प्रणालीलाई जोड्ने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ। यसबाट देशभरका ग्राहकले सुरक्षित, सहज र झन्झटरहित डिजिटल बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

