दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नेपाल–कोरिया सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
दक्षिण कोरियाले यसपटक ७ हजार २०० जनाको कोटा उपलब्ध गराएको छ। जसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना कामदार माग गरिएको छ। ईपीएस कोरिया शाखाका अनुसार आवेदन २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ।
आवेदन दिनका लागि आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।
पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले २८ अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म वैधता रहनेछ। तर कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले स्पष्ट पारेको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
