रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
मुम्बई । सन् २०२५ को उत्तरार्धमा ‘धुरन्धर’ चलचित्रमार्फत तहल्का मच्चाए पछि रणवीर सिंह सन् २०२६ मा यसको सिक्वेल लिएर फर्किए । उक्त सिक्वेलले पहिलो भागभन्दा पनि बढी कमाइ गर्यो।
यसको सफलतापछि रणवीर अब ‘प्रलय’ नामक चलचित्रमा देखिने खबर बाहिर आएको थियो। हाल प्राप्त जानकारी अनुसार यस चलचित्रका लागि मुख्य अभिनेत्रीको टुंगो लागेको छ, ‘लोकाः च्याप्टर १’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री कल्याणी प्रियदर्शन ‘प्रलय’ मा रणवीर सिंहको जोडीका रूपमा देखिने भएकी छिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘प्रलय’ चलचित्रका लागि कल्याणीलाई छनोट गरिएको छ। ठूलो बजेटको यो ‘जोम्बी थ्रिलर’ चलचित्रमा उनले खतरनाक स्टन्टहरू गरेको देख्न पाइने छ। प्राप्त जानकारीअनुसार, रणवीरको यस ठूलो बजेटको चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरका स्टन्ट मास्टर र एक्सन संयोजकहरूलाई समावेश गरिनेछ, उनीहरूले कल्याणी र रणवीर सिंह दुवैलाई प्रशिक्षण दिनेछन्।
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने कल्याणी प्रियदर्शन वरिष्ठ चलचित्र निर्देशक प्रियदर्शनकी छोरी हुन्। ३३ वर्षीया कल्याणीले सन् २०२५ को चलचित्र ‘लोकाः च्याप्टर १’ मार्फत निकै चर्चा बटुलिन् । यो चलचित्र अत्यधिक सफल साबित भयो र उनलाई अपार ख्याति दिलायो। दक्षिण भारतीय चलचित्र उद्योगमा आफूलाई स्थापित गरि सके पछि कल्याणी अब हिन्दी सिनेमामा पाइला टेक्दै छिन् र ‘प्रलय’ चलचित्रमा रणवीर सिंहको जोडीका रूपमा बलिउडमा डेब्यु गर्न लागेकी छिन्।
कल्याणी प्रियदर्शनले ‘हृदयम’ , ‘हेलो’ ‘ओडुम कुथिरा चाडुम कुथिरा’ र ‘वरने आवश्यमुन्ड’ लगायतका विभिन्न चलचित्रहरूमा काम गरेकी छिन्। यद्यपि, यी मलायालम अभिनेत्रीले ‘लुसिफर’ चलचित्रमार्फत विशेष पहिचान बनाइन्। सन् २०१९ को अगस्टमा रिलिज भएको यस चलचित्रको बजेट मात्र ३० करोड रुपैयाँ भए तापनि यसले विश्वभर ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। ‘लुसिफर’ बाहेक उनका आगामी चलचित्रहरूमा ‘लुसिफरः च्याप्टर २’ र ‘जेनी’ समावेश छन्।
रणवीर सिंहको चलचित्र ‘प्रलय’ को बजेट करिब ३०० करोड रुपैयाँ छ। ठूलो बजेटको यो चलचित्रको छायाङ्कन अझै सुरु भएको छैन । प्राप्त जानकारी अनुसार, यसको छायाङ्कन अगस्ट महिनामा सुरु हुन सक्छ। यस चलचित्रको निर्देशन जय मेहताले गर्दैछन्। यद्यपि यसको प्रदर्शन मिति अझै तय भइसकेको छैन तर यो चलचित्र अर्को वर्ष प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
