हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रदायक कम्पनीहरूको ब्याजदर तथा शुल्क प्रणालीलाई व्यवस्थित गर्न ‘नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ मा छैटौँ संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब हायर पर्चेज कम्पनीहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा स्वपुँजीको लागत र ऋण कोषको भारित लागत समेटिएको ‘कस्ट अफ फन्ड’लाई आधार बनाउनुपर्नेछ।
कम्पनीले निर्धारण गरी सार्वजनिक गरेको ब्याजदरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र थपघट गर्न पाउनेछन्। ब्याजदर परिवर्तन भएमा त्यसको तीन दिनभित्र नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, कर्जा चुक्ता गर्न ढिलाइ भएमा लिइने पेनाल ब्याजदर वार्षिक २ प्रतिशत विन्दुभन्दा बढी हुन नपाउने भएको छ। यस्तो ब्याज म्याद नाघेको साँवा रकममा मात्र विलम्ब भएको अवधिका आधारमा गणना गर्नुपर्नेछ। पेनाल ब्याजमा पुनः ब्याज जोड्नसमेत नपाइने व्यवस्था गरिएको छ।
सेवा शुल्कमा पनि सीमा तोकिएको छ। कर्जा स्वीकृत गर्दा कुल स्वीकृत रकमको अधिकतम १ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइनेछ। तर, अन्य संस्थाबाट सेवा लिँदा लाग्ने वास्तविक लागतभन्दा बढी शुल्क लिन भने नपाइने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

