Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

कस्तो रहला आजको मौसम ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, २७
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी ,बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्म पानी परिरहेको छ।

दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।  कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र  बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स