एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिग्गजहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
एप्पल र माइक्रोसफ्टजस्ता विश्वका विशाल कम्पनीदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता धनाढ्य उद्यमीहरूसम्म, सबैजना एआइको क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्न प्रयासरत छन्। यस दौडमा अघि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ।
स्टैटिस्टा को हालैको एक अध्ययनले देखाए अनुसार एप्पलेआफ्ना प्रतिस्पर्धीहरूको तुलनामा कृत्रिम बुद्धिमत्ता मा गर्ने खर्च सबैभन्दा बढी बढाएको छ। एप्पलले यीमध्ये अधिकांश रकम एआइ केन्द्रित स्टार्टअपहरू खरिद गर्न छुट्याएको छ। उक्त अध्ययनका अनुसार, एप्पलले सन् २०२३ देखी यता ३० भन्दा बढी स्टार्टअपहरू खरिद गरिसकेको छ ।
माइक्रोसफ्ट, गुगल, मेटा र ओपनएआई जस्ता एआइ क्षेत्रका अन्य दिग्गज कम्पनीहरूको तुलनामा यो निकै आक्रामक रणनीति हो।
ओपन एआइ को उत्पादन च्याट जिपीटीले हाल एआइ को क्षेत्रमा वर्चस्व कायम गरेको छ। गत महिना सार्वजनिक भएको एक अध्ययनले एआइ ट्राफिकको ५० प्रतिशतभन्दा बढी हिस्सा एक्लै च्याट जिपिटीले ओगटेको देखाएको छ। प्रमुख प्रविधि कम्पनीहरू यसको सामना गर्न प्रयास गरिरहेका छन्।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नै एआई थप विकास गर्ने काममा जुटिरहेका छन्। मार्क जुकरबर्गको मेटा पनि यस दौडमा पछि छैन। गुगलले आफ्नो एआई ‘बर्ड’ लाई ‘जेमिनी’ का रूपमा पुनः ब्रान्डिङ गरिरहेको छ र च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न नयाँ सदस्यता योजनाहरू ल्याएको छ। माइक्रोसफ्टले ‘कोपाइलट’ एआई एप सार्वजनिक गरिसकेको छ ।
कृत्रिम बुद्धिमत्ताको दौडमा एप्पल सुरुमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा पछि परेको थियो। यस कमीलाई पूरा गर्न कम्पनीले आफ्नै आन्तरिक अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनायो र एआइ स्टार्टअपहरूलाई अधिग्रहण गर्ने आक्रामक रणनीति अपनाउँदै केवल १२ महिनाभित्रै त्यस्ता ३० भन्दा बढी कम्पनीहरू खरिद गर्यो। साथै, एप्पलले आफ्ना एआइक्षमताहरू विस्तार गर्न सक्रिय रूपमा जनशक्ति भर्ना पनि गरिरहेको छ।
यसअघि एप्पलले च्याट जिपीटी जस्तै एउटा एआइ एपमा काम गरिरहेको खबर आएको थियो यद्यपि, यस विषयमा हालसम्म कुनै ठोस जानकारी सार्वजनिक भएको छैन। ‘स्टाटिस्टा’को एक अध्ययन अनुसार एप्पलले विभिन्न कम्पनीहरू खरिद गरेर आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको छ र सन् २०२३ देखी यता मात्रै उसले ३२ वटा स्टार्टअपहरू खरिद गरिसकेको छ । अन्य ठूला प्रविधि कम्पनीहरू पनि यस दौडमा पछि छैनन् । गत वर्ष गुगलले २१ वटा स्टार्टअप खरिद गरेको थियो भने मेटा र माइक्रोसफ्टले क्रमशः १८ र १७ वटा स्टार्टअप खरिद गरेका थिए।
सम्बन्धित समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



