Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, ३१
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्

काठमाडौँ । नाइमा अटो एक्स्पो २०२६ को पाँच दिनमा सीएफमोटोका मोटरसाइकल तथा विद्युतिय स्कुटरको बुकिंग अपेक्षाभन्दा उत्साहजनक देखिएको छ । एक्स्पो अवधिभर ससिएफमोटोका विभिन्न मोडलका कुल १११ युनिट बुकिंग भएको कम्पनीले जनाएको छ ।

सुबैभन्दा बढी बुकिंग सीएफमोटो २५० डुअल ईएफआईमा भएको छ । यस मोडलका ५७ युनिट बुकिंग भएका छन् । त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीका ३२ युनिट बुकिंग भएका छन् । विद्युतिय स्कुटरतर्फ जीहो एई ४ एसई,ग्राफिन ब्याट्री भर्जनका २२ युनिट बुकिंग भएका छन् ।

एक्स्पोमा सीएफमाटो २५० डुअल ईएफआईको अधिकतम खुद्रा मूल्य ५ लाख ७४ हजार ९०० रुपैँया रहेको छ । नाइमा एक्स्पोको अवसरमा यो मोडलमा २० हजार रुपैया छुट,५ वर्षको इन्जिन वारेन्टी,निशुल्क एक्ससेसरीज,हेल्मेट,हेल्मेट तथा ४ वटा निशुल्क सर्भिस कुपन उपलब्ध गराइएको छ ।

त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको अधिकतम खुद्रा मूल्य १२ लाख ९९ हजार  ९ सय रुपैँया रहेको छ । एक्स्पो अवधिमा २० हजार रुपैँया छुट तथा निशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको थियो ।

पाँच दिनमै १११ युनिट बुकिंग हुनुले नाइमा अटो एक्स्पो २०२६ मा सीएफोटोका मोडलप्रति ग्राहकको आकर्षण र बजार चासो उल्लेख्य रहेको देखाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स