नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
काठमाडौँ । नाइमा अटो एक्स्पो २०२६ को पाँच दिनमा सीएफमोटोका मोटरसाइकल तथा विद्युतिय स्कुटरको बुकिंग अपेक्षाभन्दा उत्साहजनक देखिएको छ । एक्स्पो अवधिभर ससिएफमोटोका विभिन्न मोडलका कुल १११ युनिट बुकिंग भएको कम्पनीले जनाएको छ ।
सुबैभन्दा बढी बुकिंग सीएफमोटो २५० डुअल ईएफआईमा भएको छ । यस मोडलका ५७ युनिट बुकिंग भएका छन् । त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीका ३२ युनिट बुकिंग भएका छन् । विद्युतिय स्कुटरतर्फ जीहो एई ४ एसई,ग्राफिन ब्याट्री भर्जनका २२ युनिट बुकिंग भएका छन् ।

एक्स्पोमा सीएफमाटो २५० डुअल ईएफआईको अधिकतम खुद्रा मूल्य ५ लाख ७४ हजार ९०० रुपैँया रहेको छ । नाइमा एक्स्पोको अवसरमा यो मोडलमा २० हजार रुपैया छुट,५ वर्षको इन्जिन वारेन्टी,निशुल्क एक्ससेसरीज,हेल्मेट,हेल्मेट तथा ४ वटा निशुल्क सर्भिस कुपन उपलब्ध गराइएको छ ।
त्यस्तैगरी नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको अधिकतम खुद्रा मूल्य १२ लाख ९९ हजार ९ सय रुपैँया रहेको छ । एक्स्पो अवधिमा २० हजार रुपैँया छुट तथा निशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको थियो ।
पाँच दिनमै १११ युनिट बुकिंग हुनुले नाइमा अटो एक्स्पो २०२६ मा सीएफोटोका मोडलप्रति ग्राहकको आकर्षण र बजार चासो उल्लेख्य रहेको देखाइएको छ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
