सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
काठमाडौँ । नेपाल अटोमोबाइल क्षेत्र विद्युतिय तथा डिजिटल प्रविधितर्फ तीव्र रुपमा अघि बढिरहेका बेला पूर्वाधार,डेटा व्यवस्थापन,अनुसन्धान,साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने चुनौति रहेको सरोकारवालाहरुले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स (नाइमा)ले आयोजना गरेको एआइ एण्ड अटोमोटिभ टेक्नोलोजिः ड्राइभिंग द फ्युचर अफ मोबिलिटी सवादमा उद्योग,सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको प्रयोग र त्यसका लागि आवश्यक नीति तथा पुर्वाधारबारे धारणा राखेका थिए ।
र्वैद्य इनर्जीका सीइओ सूर्यांश वैद्यले एआईलाई ट्राफिक व्यवस्थापन ,सवारी सुरक्षा,रुट प्लानिङ तथा ब्याट्री व्यवस्थापनमा प्रयोग गर्न सकिने बताए । सवारी साधनका सेन्सरबाट प्राप्त डेटा विश्लेषण गरेर सडकको अवस्था,पहिचान गर्नेदेखि आवश्यक चार्जिङ स्टेसनको सुझाव दिनेसम्मका काम गर्न सकिने उनको भनाइ रहेको छ । तर नेपालमा अटोनोमस ड्राइभिङ तत्काल सहज नरहेको उनले जनाएका छन् । नेपालका फरक सडक तथा ट्राफिक अवस्थाका लागि स्थानीयसँग सुरक्षित रुपमा साझेदारी गर्न सके सडकको अवस्था तथा पुर्वाधारका समस्या पहिचान गर्न समेत सहयोग पुग्ने उनले बताए ।
विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले सवारीसाधनबाट उत्पादन हुने डेटा,गुणस्तर परीक्षण,साइबर सुरक्षा र प्रविधि नियमनमा सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए । नेपालले सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा आवश्यकता र आर्थिक सम्भावनाका आधारमा अनुसन्धान तथा नवप्रवर्तनको प्राथमिकता निर्धारण गर्नुपर्ने उनको धारणा रहेको छ ।
टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निदेशक डा.सुमन थपलियाले आधुनिक सवारीसाधनअनुसार दक्ष जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको बताए । एआई,साइबर सुरक्षा,एम्बेडेड सिस्टम,रोबोटिक्स,एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयर जस्ता विषयलाई शिक्षामा प्राथमिकता दिनुपर्ने उनले जनाएका छन् ।
नेपाल एप्लाइड म्याथमेटिक एण्ड इन्फर्मेसन इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले इआइलाई रोजगारी खोस्ने प्रविधिका रुपमा मात्र हेर्न नहुने बताइन । अनुसन्धान,विश्लेषण र सरकारी सेवामा एआइको प्रयोग बढाउदैँ स्थानीय समस्या समाधानमा अनुसन्धानको उपयोग गनुपर्ने उनको भनाइ छ ।
संवादका वक्ताहरुले नेपालले अब सवारीसाधनलाई आयात र बिक्रिको वस्तुका रुपमा मात्र नभई डेटा,प्रविधि,अनुसन्धान र नवप्रवर्तन जोडेर हेर्नुपर्नेमा जोड दिएका छन् । एआई र डिजिटल प्रविधिको विस्तारसँगै नेपालले नीति,शिक्षा,अनुसन्धान,साइबर सुरक्षा र पुर्वाधार विकासलाई समेत प्राथमिकता दिनुपर्ने देखिएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


