सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
काठमाडौं। नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले भाद्र ५ मा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार सफलतापूर्वक आयोजना गरेको छ। उक्त सेमिनारमा नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री उद्योगका अवसरहरूबारे जानकारी लिन तथा सम्भावनाहरूको खोजी गर्न आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरू गरी करिब ४० जनाको सहभागिता रहेको बताइएको छ ।
सेमिनारको उद्देश्य एलजी व्यावसायिक लन्ड्रीका समाधान बारे जानकारी प्रदान गर्नुका साथै उन्नत लन्ड्री प्रविधिले व्यवसायहरूको सञ्चालन दक्षता अभिवृद्धि गर्दै दिगो तथा लाभदायक व्यवसायिक वृद्धिका अवसरहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा जानकारी गराउनु रहको जनाइएको छ।
कार्यक्रमको नेतृत्व एलजी कमर्शियल वाशिङ मेसिनका व्यवसाय प्रमुख, बसन्त पालले गरेका थिए भने कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा रणनीतिक व्यवसाय इकाई प्रमुख, एस. सी. साबु को विशेष उपस्थिति रहेको बताइएको छ।

व्यवसायका लागि उन्नत कमर्शियल लन्ड्री समाधान
सहभागीहरूलाई एलजीका कमर्शियल वाशिङ मेसिन समाधानहरू, विशेषगरी एलजी जायन्ट र एलजी टाइटन , बारे जानकारी प्रदान गरिएको थियो। कम्पनीका अनुसार यी उत्पादनहरू आतिथ्य, स्वास्थ्य तथा वेलनेस क्षेत्र, लन्ड्रोम्याट, अपार्टमेन्ट, डोर्मिटोरी तथा लन्ड्री लाउन्जजस्ता उच्च र नियमित लन्ड्री आवश्यक पर्ने व्यावसायिक वातावरणका लागि डिजाइन गरिएका छन्।
सेमिनारमा यी समाधानका प्रमुख विशेषता तथा फाइदाहरू, जस्तै उच्च टिकाउपन, शक्तिशाली धुलाई क्षमता, दक्ष सञ्चालन तथा स्मार्ट बिजनेस म्यानेजमेन्टबारे प्रकाश पारिएको थियो। यी विशेषताहरूले निरन्तर तथा उच्च मात्रामा लन्ड्री सञ्चालन गर्नुपर्ने व्यवसायहरूलाई भरपर्दो र प्रभावकारी समाधान प्रदान गर्ने जनाइएको छ।
विशेष रूपमा डिजाइन गरिएको १० डिग्रीको टिल्टेड ड्रम ले उच्च धुलाई क्षमता कायम राख्दै पानीको खपत कम गर्न मद्दत गर्नुका साथै उन्नत गाइरो ब्यालेन्सिङ सिस्टमले टबको गतिविधि पहिचान गरी उपयुक्त वाशिङ एल्गोरिदम प्रयोग गर्छ, जसले मेसिनलाई स्थिर तथा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ। अनुकूलित वाशिङ साइकलहरू केवल ३६ मिनेटमै सम्पन्न गर्न सकिनुका साथै यसमा रहेको इन्भटर डाइरेक्ट ड्राइभर मोटरले परम्परागत बेल्ट पुली मोटरको तुलनामा २५.४% देखि ३२% सम्म कम ऊर्जा खपत गर्दै उच्च दक्षतासहित प्रभावकारी कार्यसम्पादन प्रदान गर्ने बताइको छ ।

नेपालमा नयाँ व्यवसायिक अवसरहरूको सिर्जना
सेमिनारको मुख्य आकर्षणमध्ये एक कमर्शियल लन्ड्री क्षेत्रलाई बढ्दो व्यवसायिक अवसरका रूपमा प्रस्तुत गर्नु रहेको जनाइएको छ। सहभागीहरूले आतिथ्य, स्वास्थ्य सेवा, आवासीय तथा अन्य व्यावसायिक क्षेत्रका लागि लन्ड्री सेवा स्थापना, स्तरोन्नति वा विस्तार गर्न एलजी व्यावसायिक लन्ड्री समाधानले कसरी सहयोग गर्न सक्छ भन्नेबारे विस्तृत जानकारी प्राप्त गरेको बताइएको छ।
एलजीको विश्वव्यापी विशेषज्ञताबाट आधारित यी समाधानहरूले व्यवसायहरूलाई उन्नत प्रविधि, सम्पूर्ण लन्ड्री समाधान तथा विशेषज्ञ सहयोग प्रदान गर्दै सञ्चालन दक्षता सुधार गर्न र दीर्घकालीन व्यवसायिक वृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेका जनाइएको छ।
कम्पनीका अनुसार कार्यक्रमको समापन प्रभावकारी अन्तरक्रिया सत्रसँगै गरिएको थियो, जहाँ विभिन्न व्यवसायिक पृष्ठभूमिका सहभागीहरूले एलजी टोलीसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै आफ्ना विशेष आवश्यकताबारे छलफल गरे तथा आफ्नो व्यवसायका लागि उपयुक्त कमर्शियल लन्ड्री समाधानबारे जानकारी लिए।
प्राविधिक प्रशिक्षणमा मात्र सीमित नरही, उक्त सेमिनार ज्ञान आदानप्रदान, व्यवसायिक नेटवर्किङ तथा नेपालमा लाभदायक लन्ड्री व्यवसायका सम्भावनाहरूको खोजी गर्ने प्रभावकारी मञ्चका रूपमा स्थापित भएको बताइएको छ । यसले सहभागीहरूलाई कमर्शियल लन्ड्री व्यवसाय स्थापना तथा विस्तारका लागि आवश्यक सम्भावना र अवसरबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ।
यस पहलमार्फत सीजी इलेक्ट्रोनिक्स– एलजी नेपालले नेपालमा विश्वस्तरीय कमर्शियल समाधान तथा उन्नत प्रविधि भित्र्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ। यसले व्यवसायहरूलाई दक्षता, विश्वसनीयता तथा लाभदायक वृद्धिका लागि डिजाइन गरिएका उन्नत समाधानमार्फत सशक्त बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
सम्बन्धित समाचार
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

