१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
काठमाडौं । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ यसपटक करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टलसहित सञ्चालन हुने भएको छ। प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्राण्ड सहभागी हुनेछन्।
चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलाई छुट्टाछुट्टै क्षेत्रमा राखिने भएकाले उपभोक्ताले सवारी खरिदसँगै त्यसको दीर्घकालीन प्रयोगका लागि आवश्यक सेवा तथा सामग्रीबारे पनि जानकारी लिन सक्नेछन्।
आयोजकका अनुसार, प्रदर्शनीमा करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।
त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि विशेष वित्तीय योजना प्रस्तुत गर्नेछन्। सहभागी ब्राण्डमा स्कोडा, प्रोटोन, चेरी, ओमोडा, जेको, जीडब्ल्यूएमलगायत जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ ब्राण्ड रहेका छन्।
विदेशी कम्पनीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीका लागि ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत रहने बताइएको छ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार अटो शो केवल नयाँ गाडी प्रदर्शन गर्ने कार्यक्रम नभई सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योगको प्रतिनिधित्व गर्ने प्लेटफर्म हो। उनका अनुसार उपभोक्ताले गाडी किन्नुअघि केही समय मात्र छनोटमा खर्चिए पनि त्यसपछि लामो समयसम्म वर्कसप, बैंक, बीमा, टायर तथा अन्य अटो सेवा प्रदायकसँग जोडिनुपर्छ।
पचास वर्षअघि एउटा कोठामै सीमित नेपालको अटोमोबाइल प्रदर्शनी आज तीन लाख वर्गफिटसम्म विस्तार हुनु गाडीको संख्या बढेको मात्र नभई समग्र अटोमोबाइल उद्योग नै व्यापक बन्दै गएको प्रमाण भएको आयोजकको भनाइ छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
