१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
काठमाडौं । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ यसपटक करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टलसहित सञ्चालन हुने भएको छ। प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्राण्ड सहभागी हुनेछन्।
चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलाई छुट्टाछुट्टै क्षेत्रमा राखिने भएकाले उपभोक्ताले सवारी खरिदसँगै त्यसको दीर्घकालीन प्रयोगका लागि आवश्यक सेवा तथा सामग्रीबारे पनि जानकारी लिन सक्नेछन्।
आयोजकका अनुसार, प्रदर्शनीमा करिब ७० कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।
त्यस्तै, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि विशेष वित्तीय योजना प्रस्तुत गर्नेछन्। सहभागी ब्राण्डमा स्कोडा, प्रोटोन, चेरी, ओमोडा, जेको, जीडब्ल्यूएमलगायत जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ ब्राण्ड रहेका छन्।
विदेशी कम्पनीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीका लागि ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत रहने बताइएको छ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार अटो शो केवल नयाँ गाडी प्रदर्शन गर्ने कार्यक्रम नभई सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने सम्पूर्ण उद्योगको प्रतिनिधित्व गर्ने प्लेटफर्म हो। उनका अनुसार उपभोक्ताले गाडी किन्नुअघि केही समय मात्र छनोटमा खर्चिए पनि त्यसपछि लामो समयसम्म वर्कसप, बैंक, बीमा, टायर तथा अन्य अटो सेवा प्रदायकसँग जोडिनुपर्छ।
पचास वर्षअघि एउटा कोठामै सीमित नेपालको अटोमोबाइल प्रदर्शनी आज तीन लाख वर्गफिटसम्म विस्तार हुनु गाडीको संख्या बढेको मात्र नभई समग्र अटोमोबाइल उद्योग नै व्यापक बन्दै गएको प्रमाण भएको आयोजकको भनाइ छ।
सम्बन्धित समाचार
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

