१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट रहेका छन्।
नेपालमा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका बताइएको छ। निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको जनाइएको छ। देशमा भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् भने बाँकी मुख्यतः भारतबाट आउने आयोजकले बताएको छ ।
स्वर्ण जयन्ती संस्करण नेपालको पहिलो त्यस्तो प्रदर्शनी हो, जसले सवारीसाधन र त्यो अन्तर दुवैलाई एउटै फ्लोरमा राख्ने जनाइएको छ ।
सवारीतर्फ, विद्युतीय तथा हाइब्रिड लाइनअप विभिन्न मूल्य र आकारमा फैलिएको छ नेपालको विद्युतीय संक्रमणमा सबैभन्दा बढी देखिएका ब्राण्डमध्ये एक बीवाईडीस स्टेलान्टिसको लगानी रहेको लीपमोटरस विश्वका थुप्रै ब्राण्डको स्वामित्व राख्ने समूहअन्तर्गतको जिलीस र सहरी प्रयोगका माइक्रो इभी सहित एमजी तथा वुलिङ रहेका छन् । दुईपाङ्ग्रेतर्फ, कनेक्टेड विद्युतीय मोटरसाइकल रिभोल्ट र नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्री सँगै रहने बताइएको छ ।
नाडाका अनुसार पूर्वाधारतर्फ जसले माथिका सबै कुरा व्यवहारमा सम्भव छ कि छैन भन्ने निर्धारण गर्छ प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जर सहित एक्सिकम, जेभपोइन्ट र एयरचार्ज ले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार “नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो भित्रियो । यो कुरा नलुकाउनु नै राम्रो । प्रदर्शनीले गर्न सक्ने काम भनेको गाडी, चार्जर र यी दुवैलाई वित्त उपलब्ध गराउनेहरूलाई एउटै ठाउँमा राखेर इमानदार छलफल गराउनु हो ।”
यी सबैको फेदमा रहेको कर प्रणाली भर्खरै बदलिनुका साथै नेपालमा विद्युतीय सवारीको आयात कर मोटरको किलोवाट क्षमतामा आधारित प्रणालीबाट मूल्यमा आधारित ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेवी’मा सरेको आयोजकको भनाइ छ । यो नेपाली इभी बजारले भोगेको सबैभन्दा ठूलो नीतिगत परिवर्तनहरूमध्ये एक हो, र यसका असरबारे यसैबाट प्रभावित हुनेहरूले यही फ्लोरमा छलफल गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
