टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
काठमाडौँ । विश्वव्यापी होम इन्टरटेन्मेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको जनाइएको छ। कम्पनीका अनुसार फ्रस्ट एण्ड सुलिभान द्वारा जारी मार्केट पोजिसन स्टेटमेन्ट अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टीसीएल एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।
उक्त मार्केट पोजिसन स्टेटमेन्ट सन् २०२६ जुनमा जारी गरिएको हो भने विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा फ्रस्ट एण्ड सुलिभानले टीसिएलको उक्त विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको जनाइएको छ। यस उपलब्धिले विश्व एसी बजारमा टीसिएल को बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको बताइएको छ।
चीनको एसी निर्यातमा टीसिएल दोस्रो स्थानमा
टीसिएलले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चाइना आइओएलको तथ्यांकअनुसार सन् २०२४ मा टीसीएलले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ। सोही अवधिमा टीसिएलको एसी निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको जनाइएको छ। यससँगै टीसिएल चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको चाइना आइओएलको तथ्यांकमा उल्लेख छ। त्यस्तै, चीनका शीर्ष तीन टीसिएल निर्यातकर्तामध्ये टीसिएलले सबैभन्दा उच्च निर्यात वृद्धि दर हासिल गरेको समेत उक्त तथ्यांकले देखाएको छ।

विश्व बजारमा टीसीएलको बढ्दो उपस्थिति
विश्वका विभिन्न बजारमा टीसीएल एयर कन्डिसनरको विस्तारसँगै कम्पनीले आफ्नो उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको बताएको छ। टीसिएलका अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले कम्पनीको उत्पादन क्षमता मात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको निरन्तर प्रगतिलाई पनि प्रतिबिम्बित गर्छ।
नेपाली बजारमा पनिटीसीएल को उपस्थिति थप मजबुत
विश्व बजारमा टीसिएल एसीले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा टीसिएलले विभिन्न क्षमता तथा सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको जनाइएको छ। विश्वव्यापी स्तरमा स्थापित उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा टीसीएलले नेपाली बजारमा समेत आफ्नो एयर कन्डिसनर व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ।
नेपालमा पनि टीसिएल उपभोक्तामाझ लोकप्रिय होम इन्टरटेन्मेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ । विशेषगरी टीसिएल टिभी, एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भिएआरएफ लगायतका उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका बताइएको छ।
नेपालमा टीसिएलका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स मार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। सीजी इलेक्ट्रोनिक्सका अनुसार विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै टीसिएलले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो होम इन्टरटेन्मेन्ट तथा इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

