नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
काठमाडौं । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस नेपाली बजारमा सार्वजनिक गरेको हो।
३१ सिट क्षमताको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको बताइएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
बसमा २७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ भने ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। नेपालमा भित्रिएका व्यावसायिक सवारीसाधनमध्ये यो सबैभन्दा लामो ब्याट्री वारेन्टी रहेको बताइएको छ ।
यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको बसमा डबल एयर सस्पेन्सन, अगाडि तथा पछाडि डिस्क ब्रेक, एबीएस र ईबीडी सिस्टम जडान गरिनुका साथै उच्च गुणस्तरको एसी तथा हीटरको सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।
चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट राखिएको छ भने ब्लाइन्ड स्पट न्यून हुने गरी बसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सीसीटीभी क्यामेरा र जीपीएस सिस्टमसमेत बसमै जडान भएर आउने बताइएको छ।
शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रद्युम्न केसीले लामो दूरीमा सञ्चालन हुने विभिन्न आकार र क्षमताका प्रिमियम कोचसँगै शहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस उपलब्ध रहेको जानकारी दिए।
ग्राहकको आवश्यकताअनुसार बसलाई कस्टमाइज गर्न सकिने बताउँदै उनले डिजेल बसको तुलनामा विद्युतीय बसबाट हुने आम्दानी तीन गुणासम्म बढी हुने दाबी गरे सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको सेवाका लागि कम्पनीले आवश्यक जनशक्ति र स्पेयर पार्ट्सको व्यवस्था गरिसकेको बताए।
ट्राभल्स तथा टुर्स व्यवसायीको रोजाइमा पर्दै आएका हाइगरका बस नेपालमा १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

