अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
काठमाडौं। नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रा.लि.ले भी ७ ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको बताएको छ।
कम्पनीका अनुसार, फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमध्ये सबैभन्दा धेरै फिचरयुक्त मोडल हो भने जिली र सीएटीएलको सहकार्यमा विकसित २ सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भ्यानमा प्रयोग गरिएको छ।
जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको उक्त भ्यान सुरक्षित र आरामदायी रहेको छ। ईभी प्लेटफर्ममा निर्माण भएकाले नेपालको खाल्डाखुल्डी सडकमा समेत ब्याट्री सुरक्षित रहने जनाइएको छ।
नयाँ ब्याट्री प्रविधिका कारण ब्याट्रीको आयु लामो हुनुका साथै छिटो चार्ज हुने र बढी रेन्ज दिने कम्पनीको दाबी छ। भ्यानलाई १२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।
कम्पनीका अनुसार, १३ सिट क्षमताको भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, कीलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितका सुविधा रहनुका साथै १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको जनाइएको छ।
भ्यानमा फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोललगायतका सुरक्षा तथा सुविधा फिचर उपलब्ध छन्।
कम्पनीले नयाँ फराइजन ईभी भ्यानले नेपाली बजारमा यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीको विकल्प विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
