रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
काठमाडौं। नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी रहेको छ। नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म कम्तीमा १६५ जनाको मृत्यु भएको पुष्टी भएको छ।
प्राधिकरणको पछिल्लो विवरणअनुसार ५२९ पर्यटकसहित थप ८२६ जना बेपत्ता छन्। उक्त क्षेत्रमा सञ्चालित एउटा पर्यटक समूहका अनुसार बाढी आएयता गाइड र पर्यटकसहित ४७ जना बेपत्ता छन् र उनीहरूसँग सम्पर्क हुन सकेको छैन।
चीनको सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तिब्बतको ग्यिरोङ काउन्टीमा बेपत्ता हुनेहरूको संख्या ५५८ पुगेको छ, जसमा २६० विदेशी नागरिकहरू समावेश छन्, अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो बाढी ‘हिमनदीको भाग खस्ने र हिलोको बहाव’का कारण आएको हो, जसले तल्लो तटीय क्षेत्रमा विनाशकारी असर पुर्याएको छ ।
बाढी प्रभावित क्षेत्रमा जीवितहरूको खोजी गर्न नेपाली सेनाले स्थलगत तथा हवाई खोज र उद्धार कार्यका लागि २,००० सैनिकहरू परिचालन गरिएको छ। तिब्बततर्फ भने अनिश्चित मौसम र दुर्गम भौगोलिक बनावटका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


