लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
काठमाडौँ । गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले आफ्नो इलेक्ट्रिक एसयूभी, लिपमोटर सी १० २०२६ मोडलका लागि विशेष अफर मूल्य रु. ७५.९९ लाख घोषणा गरेको छ भने त्यसपछि यसको मूल्य रु. ७७.९९ लाख हुने जनाएको छ । सी १० को २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन्, जसमा गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको बताइएको छ।
कम्पनीका अनुसार सी १० नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी हो भने उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल–टु–चेसिस (सीएलटिसी) प्रविधिमा निर्मित यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रीअर व्हील ड्राइभ (आरडब्लुडी) मोटर रहेको छ, जसले एक पटकको फुलचार्जमा ५३० किमी रेन्ज (सीएलटिसी) र १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ । सी १० को इन्टेरियरमा १४.६–इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, एल २ एडास सुरक्षा सुविधाहरू र आरामदायक प्रिमियम लेदरेट सिटहरू रहेका जनाइएको छ ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूले देखाउनुभएको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ( एनइभी) ब्राण्ड हो । लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीले बताएको छ । विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
